पर्वतको नमुना माविमा अनलाईन कक्षा सञ्चालन

2241
views

महेन्द्र जिसी २८ चैत्र
पर्वत, २८, चैत्र । कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै आक्रान्त भैरहेकोबेला मुलुकभरका विद्यालहयरुको अध्ययन अध्यापन ठप्प जस्तै छ । लक डाउनका कारण देशका मुख्य विश्व विद्यालयहरु समेत प्रभावित छन ।

देशका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प भईरहेको समयमा पर्वतको कुश्मा नगरपालिकास्थित नमुना आवासिय माविले विदार्थीहरुको पठनपाठनलाई ध्यानमा राख्दै अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ ।

एसइइ र दश जोड दुईका कक्षाहरु विद्यार्थीहरुले घरैमा बसेर अध्ययन गर्ने वातावरणसहित अनलाईन कक्षा सञ्चालन गरेको हो । कक्षा एकदेखि कक्षा नौ सम्मका परीक्षा सम्पन्न भइसकेको छ भने राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने एसइइ, कक्षा ११ र कक्षा १२ का बोर्ड परिक्षाहरु स्थगित गरिएपनि विद्यालयले विद्यार्थीको अध्यायनको निरन्तरताका अनलाईन कक्षा मार्फत मोवाईल बाटै अध्ययन अध्यापन शुरु गरेको हो ।

परीक्षाको मुखमा भएको विधालय बन्दले विद्यार्थीहरुलाई परीक्षाको तयारीमा सहज बनाउन कक्षा प्रभावकारी देखीएको हो । एसइइ परीक्षामा सहभागी हुने विद्यार्थीहरुको प्रत्येक दिन एकदेखि दुई घण्टासम्म शिक्षकको प्रत्यक्ष निगरानीमा अनलाईन प्रविधिको प्रयोग गर्दै शैक्षिक क्रियाकलापमा सहभागी भइरहेका छन् ।

एकै समयमा सय जनासम्म सहभागिले प्रयोग गर्न मिल्ने एसइइ सफ्टवेयरको माध्यमबाट कक्षा सुरु गरिएको विद्यालयका उप प्राचार्य खेमराज शर्माले बताए ।

विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले जहाँ इच्छा त्यहाँ उपाय र आवश्यकता नै आविष्कारको जननी भने अनुसार अहिले घरमा बसेर अनलाइन पढ्ने सुविधाको विकास गरेर कक्षालाई निरन्तरता दिईरहेको जनाए ।

अहिले विद्यार्थीहरुले हातमा मोबाइल वा कम्प्युटर लिएर लकडाउनको पालना गर्दै पढ्ने पढाउने तथा लागेको जिज्ञाशा राख्न सक्ने गरी व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।

विशेष गरी अंग्रेजी विज्ञान तथा नेपाली गणीतका कक्षाहरु विषयगत शिक्षकहरुले दैनीक अनलाई मार्फत कक्षा सञ्चालन भईरहेको हो । अहिले एसइइको तयारी गरिरहेका ४० विद्यार्थीहरुले नियमित कक्षा लिईरहेको व्यवस्थापन समिति अध्यक्ष यमप्रसाद शर्माले बताए ।