मुख्यमन्त्रीले भने ‘संक्रमित परिवारको उच्च मनोवल’

601
views

सीताराम थापा
बाग्लुङ, २९, चैत्र । कोरोना भाइरस कोभिड–१९ को संक्रमणका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ धौलागिरीका अस्पतालहरुमा आफै आएर छलफल र निर्देशन दिए । मुख्यमन्त्री सहित मुख्य सचिव हरिप्रसाद बस्याल, मुख्य सल्लाहकार गोबिन्द नेपाली लगायतको टोलीले यहाँ आएर निरीक्षण अनुगमन र सहजिकरण गर्यो ।

मुख्यमन्त्रीको टोली शुक्रबार बिहान अकस्मात धौलागिरी अञ्चल अस्पतालमा आइपुगेको थियो । कोरोना भाइरस संक्रमित दुई जना विरामीको उपचार भइरहेको अस्पतालमा आइपुगेपछि मुख्यमन्त्री गुरुङले यहाँका चिकित्सक र ब्यवस्थापनलाई विरामीको राम्रोसंग उपचार र रेखदेख गर्न निर्देशन दिए । यो अस्पताल कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्ने गण्डकी प्रदेशको पहिलो र मुलुककै तेस्रो अस्पतालहो ।

अस्पतालमा उपचारत बागलुङकी १९ बर्षिय युवतीसंग विहिवार टेलिफोनमा संवाद गरेका मुख्यमन्त्री गुरुङ शुक्रबार बिहानै फोनमा कोरना संक्रमितले मुख्यमन्त्रीसंग चिकित्सक टेलिफोनबाट मात्रै आफुसंग कुरा गरेको गुनासो सुनाएका थिए ।

गण्डकी प्रदेस सरकार कोरना नियन्त्रणमा जिम्मेवार सवै शक्ति लगाएको बताउनु भयो। धौलागिरी अंचल अस्पताल यो प्रदेशको डेडिकेटेड अस्पताल भएकाले उपकरण, जनशक्ति र भौतिक पुर्वधार अभाव हुन नदिन लागि पर्ने बताए ।

उनले अस्पतालले राम्रो काम गरेपनि डिस्टेन्सन आउने काम हुन अझै नसकेको गुनासो ब्यक्त गरे । जिल्लामा सबै समिति र ब्यवस्थापन भएकाले परिणाम आउने काम गर्न, संचारलाई उत्साहित बनाउन, प्रशासन, प्रहरी, नागरिक, आर्मी सबैले प्रदेशलाई ग्रीन जोनमा ल्याउन र कोरोना भाइरस विरुद्ध मानव जातीले लडेको युद्व जित्न आग्रह गरे ।

सो अवसरमा मुख्यमन्त्रीले एक साताभित्रै आईसियू कक्ष सञ्चालनमा आउने बताए । गण्डकी प्रदेशमा ४० प्रतिशत स्वास्थ्य जनशक्ति पुर्तिमा करारमा काम चलाउने सरकारले निर्णय गरिसकेको जानकारी दिए ।

गुरुङले बजेट र आवश्यक उपकरण पठाउने प्रतिबद्वता जनाउदै १० बेड क्षमताको आइसोलेसन वार्ड हुनुपर्ने सुझाए । अंचल अस्पतालको आइसोलेसन वाडमा दुई जना कोरोना संक्रमित बिरामीको उपचार प्रभावकारी गरेर देखाउने बेला यहि हो, उनले भने ‘म बिरामी र उनका आफन्तसंग निरन्तर सम्पर्कमा छु, उहाँहरुको धेरै खुशी र आत्मबल उचो छ ।

गण्डकी प्रदेसले हाम्रो प्रवास बाट आएको करिब ३७ सय ५० जनाको स्वाब परिक्षण हुने र अरु उच्च जोखिमको परिक्षण गरिने योजना रहेको छ । स्वास्थ्यकर्मीलाई गण्डकी प्रदेश सरकारले २५ प्रतिश प्रोत्साहन दिने छ । केन्द्र बाहेक ५ लाख थपेर ३० लाख बिमाको प्रबन्ध गरेको छ । स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम छिटै पठाउने योजना छ गुरुङले सुनाए ।

गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले धौलागिरी अञ्चल अस्पतालमा आईसियु, सिसियु तथा एनआईसियु जस्ता सुविधा थप गर्न गण्डकी प्रदेश सरकार सक्षम र तयार रहेको बताए ।