अमेरिकामा कोरोना महामारीले स्थिर रुप लिएको विज्ञको भनाइ

706
views

एजेन्सी, २९, चैत्र । अमेरिकामा कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको विज्ञले बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार भेटमा टास्क फोर्सका विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको संक्रमण स्थिर हुन थालेको र अब केही सयमपछि ओरालो लाग्ने दावी गरेका हुन् ।

डाक्टर डेबोरा बक्सले महामारी स्थिर भएको संकेत गर्ने राम्रा सूचकहरु देखिएको बताएकी हुन् । सरुवारोग सम्बन्धी निकायका प्रमुख डा. एन्थोनी फाउचीले पनि संक्रमण स्थिर देखिन थालेको र अब कम हुँदै जाने संकेत मिलेको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकामा पूर्वानुमान गरिए भन्दा कम मृत्यु हुने अपेक्षा रहेको बताएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण एक लाख मानिसको मृत्यु हुने अनुमान गरिएको थियो ।

अहिलेसम्म अमेरिकामा पाँच लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । पछिल्लो २४ घन्टाको बीचमा २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।