बाग्लुङमा चट्याङले एकको मृत्यु, ६ घाईते

1667
views

सीताराम थापा
बाग्लुङ, २९, चैत्र । बागलुङ नगरपालिका बलेवामा परेको चट्याङले १ जनाको घटनास्थलमै मृत्यू भएको छ । अर्काे चट्याङले ६ जना घाईते भएका छन । बागलुङ बलेवा गलुवाका २६ वर्षीय युवाको चट्याङले लागेर मृत्यु भएको हो ।

आफ्नै घरको पिढीमा बसेर खाजा खाइरहेका बेला बागलुङ नगरपालिका–१३ गलुवाका शंकर रिजाललाई शनिबार अपरान्ह ४ बजे परेको चट्याङले लागेको थियो ।

रिजालको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारमा लैजाने क्रममा मृत्यू भएको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । घरमा जडान गरिएको बिजुलीको तार समेत जलेको छ, भने गोठमा रहेको भैँसी मरेको छ । ६ जना मध्ये १ जना गंभिर घाईते भएको बताईन्छ ।