नेपालमा थप तीनजनामा कोरोना संक्रमण

473
views

चैत्र, ३०, गते । नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । संक्रमित तीन नागरिक भारतीय रहेको र उनीहरु वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन् ।

हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन् ।