चर्चित खेलाडीहरुको मूल्यमा भारी गिरावट

140
views

काठमाडौं । कोरोना भाइरसको महामारीको प्रभाव खेलाडीहरुको ट्रान्सफर बजारमा पनि परेको छ । युरोपमा चर्चित क्लबका महंगा खेलाडीहरुको मूल्यमा भारी गिरावट आउनसक्ने देखिएको छ ।

इंग्लीश प्रिमियर क्लब चेल्सीले आफ्ना स्टार खेलाडी एन्गोलो कान्टेलाई बेच्न तयार भएको जनाएको छ । तर यसका लागि उचित प्रस्ताव र मुल्य पाउनुपर्ने क्लबको भनाई छ । कुनै समय सय मिलियन पाउण्डको हाराहारीमा मोलमोलाई हुने कान्टेको मुल्यमा अहिले २० प्रतिशतसम्म गिरावट आएको स्रोतले बताएको छ ।

कान्टेमाथि स्पेनिस क्लब रियाल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नजर लगाइरहेका छन् । उता अर्को इंग्लीश क्लब आर्सनलका स्ट्राईकर पिएरे एमरिक औबामायङ्गले पनि क्लब छाड्ने आशय व्यक्त गरेका छन् ।

आर्सनलको लगातार खस्कदो प्रदर्शनका कारण आफु अन्य ठुला क्लबहरुमा जान इच्छुक रहेको औबामायङ्गको भनाई छ । गाबोनका स्ट्राईकर औबामायङ्गले आर्सनलका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यसैबिीच विश्वभर फुटबल खेलहरु रोकिएपछि बढी खर्च गर्ने ठूला क्लबहरु मारमा परेका छन् । चर्चित र महंगा खेलाडीहरुलाई नियमित तलब खुवाउन जगेडामा रहेका खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा उनीहरु पुगेका छन् । इमेज खबरबाट