क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० भत्ता

539
views

पोखरा, १, बैशाख । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनकालागि दैनिक भत्ता दिने निर्णय गरेको हो ।

यस्तै बैठकले कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ताको दिने समेत निर्णय गरिएको छ ।

प्रदेश सरकारले सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको पश्चिमा पृतना पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरालाई स्वास्थ्य सम्बन्धी सामग्री खरिद गर्नका लागि १५÷१५ लाख रुपियाँ विनियोजन गरिएको छ ।