चीनमा फेरी १०८ जनामा कोरोना भेटियो

775
views

सीताराम थापा । कोरना नियन्त्रणको अन्तिममा आउँदा चीनमा पुनः आज एकै दिन १०८ जनामा कोरना पोजेटिभ भेटिएको छ । आज चीनको स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पुनः चीनमा १०८ जनामा कोरोना संक्रमण भेटिएको हो । तीमध्ये ९८ जना विदेशबाट फर्किएका मानिस रहेका छन ।

ती मध्ये १० जना चीनमै रहेका चीनियाँ रहेको उल्लेख गरिएको छ । चीनमा भोटिएका मध्ये हेइलोंगजियाङ्ग प्रान्तमा सात र गुआंडोंग प्रान्तमा तीन नयाँ संक्रमण भेटिएको जनाइएको छ । कोरोना उद्गम स्थल मानिएको हुबेई प्रान्तमा थप दुई अरु मानिसको मृत्यु पनि भएको छ भने नयाँ ६ संक्रमित पनि भेटिएका छन ।

चीनमा अहिलेसम्म ८२ हजार १६० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म त्यहाँ ३३४१ जनाको मृत्यू भएको तथ्यांक छ । पुनः संक्रमित देखिएपछि चीनियाँ नेतृत्व चिन्तामा परेको अवस्था छ । यस्ले कडा सतर्कता अपनाउन थालको छ ।