एकैपरिवारका तीनजनामा कोरोना आशंका, पाटन अस्पताल भर्ना

459
views

काठमाडौं, १, वैशाख । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एकै परिवारका तीन जनाको ¥यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको हो ।

अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि ¥यापिड टेष्ट गरिएको थियो ।

तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ