भारतमा लकडाउन मे ३ सम्म, नेपालमा कतिदिन ?

702
views

काठमाडौं, २, वैशाख । कोरोना भाइरस नियन्त्रण एवं न्युनिकरण गर्न भारतमा १९ दिन लकडाउन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म लकडाउन लब्याएको घोषणा गरेका हुन् ।

नेपालमा भोली ३ गते लकडाउनको दोस्रो चरणको अवधी सकिदैछ । त्यस अगावै आज मन्त्रिपरिषद बैठक बस्दै छ । नेपालमा पनि संक्रमितको संख्या बढेको छ । आज बस्ने मन्त्रीपरिषद्को निर्णयले कम्तीमा १५ दिन लकडाउन बढाउने निर्णय हुने बुझिएको छ ।

भारतसँग समन्वय गरी कोरोना भाइरसविरुद्ध लड्ने सहमति अनुसार भारतको लकडाउनलाई दृष्टिगत गरी नेपाले पनि लकडाउन लम्ब्याउने बुझिएको छ ।