कोरोना महामारीको उच्च तह पार गरेको ट्रम्पको दाबी

508
views

एजेन्सी, ४, बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा महामारीका कारण सिर्जित संकटको माथिल्लो तह अमेरिकाले देखिसकेकाले लकडाउनमा रहेका केही राज्यहरु अप्रिल मै खुला हुने उनले बताएका हुन् ।

ट्रम्प प्रशासनले आउँदो मे एक मा लकडाउन अन्त्य गर्ने तयारी गरेपनि केही राज्यहरु त्यो भन्दा अघि नै खुल्न सक्ने उनले बताएका हुन । ३२ लाखभन्दा बढी अमेरिकीले कोरोना भाइरसको संक्रमण रहे–नरहेकोबारे परीक्षण गरिएको पनि राष्ट्रपति ट्रम्पले बताए ।

राष्ट्रपति ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गर्ने जानकारी समेत दिए ।

अमेरिकामा कोरोनावाट २८ हजार ५ सय २९ को मृत्यु भएको छ । हिजो एकै दिन अमेरिकामा २५ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ ।