कृषि व्यवसायका सातबर्ष, न सम्मान न अनुदान

2484
views

जितेन्द्र थापा
दैलेख, ४, बैशाख । स्वदेशमै कृषि व्यवसायमा लामो समय विताएपछि सरकारबाट सम्मानित हुने आशा पलाउँदो रहेछ जिल्लाको ठाटीकाँध गाउँपालिका–१ कोसेडीका कलम शाहीले भने ‘अन्य देशमा भएको भए सम्मानित हुने थिएँ, तर आफ्नै देशमा सम्मानित हुन सकेको छैन ।’

सातबर्षदेखी विभिन्न किसिमका घाँस, फल्फुल, तथा अमुल्य बोटविरुवाहरुको नर्सरीसँगै २०५१ सालबाट बाख्रापालन गर्दै आएका शाही विदेश जानेहरुका लागि एक उदाहरणीय कृषि व्यावसायका परिचय हुन ।

शाहीले गाउँमै ३५ बाख्राका १५ वटा पाठापाठीसहित ५० वटा बाख्रापालन गरेका छन् । उनले अहिले एउटाबोयरजातको बो समेत पालेका छन । बाख्रापालनसँगै नर्सरीबाट पनि राम्रै आम्दानी हुने गरेको शाहीले बताए ।

आफुसँग भएको ३२ रोपनी जग्गामा नर्सरी, फलफुल, तरकारीसँगै बाख्रापालन गरेका उनले मासिक ५० हजार बचत गर्दै आएको बताए । उनले मेहनत गरी कृषि व्यावसायमा लगानी गर्दापनि राज्यबाट अनुदान नपाएकोमा चित्त दुखाउँदै भने ‘सरकारले काम नगर्नेलाई अनुदान दियो, तर, काम गर्नेले न अनुदान पाए न सम्मान ।’

मैले व्यवासाय गरेर सरकारलाई कर तिरेको छु, अहिलेसम्म कुनै अनुदान पाएको छैन । व्यक्तिगत लगानीबाट व्यावसाय गेको छु ।

नर्सरीमा लाखबढी बिरुवा

कलम शाही कर्णाली प्रदेशकै नमुना व्यावसायि हुन । उनको कृष्णा बागबानी कृषि फलफुल तथा घाँस नर्सरीमा उन्नतजातका डालेघाँस, भुईघाँस, मेहनदुलाका ४० हजार बेर्ना, इपिलैपिल ४० हजार बेर्ना, सिट्लेस २ हजार बेर्ना, भटमासे २९ हजार बेर्ना, दबदबे २ हजार बेर्ना, वडहर ३ हजार, पैंयू २ हजार, बाँस ५ साय बेर्ना, टाँकी २ हजार कोइराल ३ हाजर बेर्ना छन् ।

त्यस्तै भुईघाँसमा सुपरनिपियर ५० हजार बेर्ना, थ्री निपियर, टु निपियर, थिन निपियर, गिन्नी ग्रास, पारा ग्रास, सटृया, गोटेमाला, मलाटो बदामे गरि थुप्रै चौपायाहरुले खान रुचाउने घाँस लगाएका छन ।