हेटौंडामा चारजनामा कोरोना पोजेटिभ, पून परिक्षणको तयारी

660
views

हेटौँडा, ४, बैशाख । मकवानपुर जिल्लाको हेटौँडामा आजबाट सुरु गरिएको र्‍यापिड टेस्टमा चारजनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा सुरु भएको टेष्टमा चारजनामा पोजेटिभ देखिएको हो ।

बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रिय सचिवालय सदस्य उत्सव चौलागाईले बताए ।

उनीहरुमध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरवबाट फर्किएका ३२ बर्षीय एक युवक रहेका छन् ।

हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको टेष्टमा मेलान मकवानपुरको प्राविधिक सहयोग रहेको थियो । उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलन गर्न हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाईएको छ ।