जिल्लामा नै पहिलो पटक साहित्य संगमको भर्चुअल वैठक

698
views

निर्मल पौडेल
वैशाख, ६ पर्वत । पर्वत साहित्य संगमको नियमित वैठक भर्चुअल माध्यमवाट अर्थात भिडियो कन्फरेन्स मार्फत विविध विषयमा छलफल गरी सम्पन्न भएको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ का कारण देशमा लकडाउन भएको वेला वस्न नसकेको वैठक आज प्रविधिको प्रयोग गर्दै सम्पन्न भएको हो ।

वैठकमा कोरोनाले निम्त्याएको यो विषम परिस्थितिमा सहज वातावरणको सिर्जना र सतर्कताका लागि साहित्यकार तथा सर्जकहरुको भुमिका के हुन सक्छ र कसरी सामना गर्दै अगाढी वढ्न सकिन्छ भन्ने लगायत अन्य विविध विषयमा छलफल गरिएको हो ।

यो परिस्थितीमा सर्जक तथा स्रष्टाहरु जमघट भएर वैठक वस्न, भेला हुन तथा साहित्यिक कार्यक्रम लगायत अन्य आम नागरिकहरुले गर्ने नियमित भेटघाट कार्यसम्पादन संगै विभिन्न कार्यक्रमहरु गर्न नमिलेको वेला साहित्य संगमले जिल्लामानै पहिलो पटक भर्चुअल वैठक सम्पन्न गरेको हो ।

वैठकमा सवैले सकारात्मक मनस्थिती वनाउनुपर्ने,योग ध्यान र साधनामा हरेकले आँफुलाई सुरक्षित राख्ने र अरुलाई पनि सुरक्षित गराउन भुमिका खेल्नुपर्ने, नियमित सिर्जना तथा रचना गर्न ध्यान केन्द्रित गर्नुपर्ने, सर्जकहरुले आफ्ना पुराना सिर्जनाहरु लाई एकीकृत गर्दै आवश्यक सम्पादन र व्यवस्थित भण्डारण गर्ने, अनुभवमा आधारित लेख, आलेख सिर्जना गर्ने, आफन्त तथा इष्टमित्रहरुसंग सम्पर्कमा रहिरहने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने लगायतका विषयमा छलफल गरिएको थियो । वैठकलाई सम्वोधन गर्दै पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले लकडाउनको समयलाई रचनात्मक तथा सिर्जनात्मक वनाउन सम्पुर्ण पदाधिकारीहरुलाई आग्रह गरे ।

संस्थाले स्थापना काल देखी अहिले सम्म गरेका विषेश कार्यहरुको स्मरण गराउँदै मानिसले जस्तोसुकै परिस्थितीको पनि सामना गर्नुपर्ने भन्दै नियमित वैठकलाई भिडियो कन्फरेन्स मार्फत आह्वान गरेको वताए । हरेक सचेत नागरिकले सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्दै सकरात्मक सोचका साथ अगाडी वढ्नुपर्ने पहाडीको भनाई थियो । विपत्ती, महामारी पात्रो हेरेर नआउने भन्दै उनले वन्दावन्दीको कारण मर्कामा परेका वास्तविक पीडितहरुलाई मानवियता दर्शाउँदै आफ्नो आफ्नो ठाउँवाट सक्ने जती साथ र सहयोग गर्न पनि सवैमा अपिल समेत गरे ।

सोही वैठकमा संस्थाका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प, निवर्तमान अध्यक्ष इन्द्रमान खत्री, वर्तमान अध्यक्ष राजेन्द्र पहाडी, सचिव खेमराज शर्मा चापागाईँ, सहसचीव गोकुल शर्मा पौडेल,आजीवन तथा कार्यसमिती सदस्य निर्मल पौडेल एन.पि घायल,सिता पौडेल लगायतले आफ्ना गजल,कविता,कथा र मुक्तकहरु सुनाएका थिए ।

लकडाउन पछाडी तुरुन्तै साहित्यकार राजेन्द्र पहाडीको समालोचना कृति,यमवहादु ढुङ्गाना केसीको कविता र कथा कृति,सुन्दरप्रसाद जोशीको हाइकु संग्रह, इन्द्रकुमार विकल्पको कविता संग्रह, लगायत नियमित रुपमा निष्काशन भैरहेको कालिको सुशेली लाई प्रकाशन गर्ने पनि वैठकमा जानकारी गराईएको थियो । पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न वैठकको सञ्चालन सचिव खेम शर्मा चापागाईले गरेका थिए ।

२०५४ सालमा स्थापना भएर नेपाली भाषा,कला, साहित्य र संस्कृतिको उनन्नयमा अग्रसर यस साहित्यिक संस्थाले अहिले सम्म नियमित रुपमा थुप्रो कृतिहरुको प्रकाशन गर्दै आएको छ ।