अमेरिकामा कोरोना संक्रमण बढ्दो, स्थिति नियन्त्रण बाहिर जाने संकेत

613
views

बैशाख, ६, गते । अमेरिकामा कोरोना संक्रमितको संख्या उच्च रुपमा बढेर स्वास्थ्य सामाग्रीको अभाव भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म २ सय १० देशमा संक्रमणको त्रासदि फैलिएको छ ।

चीनबाट बुहान प्रान्तबाट शुरु भएको कोरोना प्रकोप अहिले अमेरिकामा ह्वात्तै खनिएको छ । अमेरिकाले चीनमा कोरना आउँदा आफुलाई असर नगर्ने र आएपनि तुरुन्त रोकथाम गर्ने बताईरहेको थियो ।

अमेरिका राष्ट्रपति ट्रम्पले चाईनिज भाईरस र हुवान भाईरसको संज्ञा दिएर गिजाईरहदा अहिले चीन नियन्त्रणको अग्रमोर्चामा रहेको छ । अमेरिकामा भने स्थिति नियन्त्रण भन्दा बाहिर जान सक्ने आंकलन गरीएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुने र संक्रमण हुनेको संख्या विश्वमै उच्च रहेको छ ।

आज सम्म अमेरीकामा ३७ हजार १५८ जनाको मृत्यु भैसकेको छ भने ७ लाख १० हजार २१ जना संक्रमित भएका छन । अमेरिकाका अस्पतालहरुमा भैरहेको उपचार ब्यवस्थामा संकट उत्पन्न भएको चिकित्सकहरुले खुलासा गर्न थालेका छन ।

अमेरिकापछि स्पेन, ईटाली, फ्रान्स जर्मन र बेलायतमा संक्रमण उच्च रहेको तथ्याङ्क र श्रोतले बताएको छ । नेपालमा पनि लकडाउन भईरहदा जोखिम बढिरहेको बताईन्छ । आज सम्म ३० जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ ।