नेपालको दोस्रो कोरोना संक्रमित डिस्चार्ज

781
views

सीताराम थापा नेपालकी दोस्रो कोरोना संक्रमितलाई निको भएपछि अस्पतालले डिष्चार्ज गरी घर पठाएको छ । कोरोना परिक्षण गर्दा चैत्र १० गते पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी थिईन् ।

उनलाई आज शनिबार काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिष्चार्ज गरि घर पठाउन सफल भएको अस्पतालले जनाएको छ । उनले आफू पूर्ण निको भएर घर फर्किएको मिडियालाई बताएकी छन ।

आफ्नो उपचारको क्रममा डाक्टर र स्वास्थ्यकर्मीले राम्रो उपचार र हेरचाह गरेको पनि बताईन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन । उनी आएको कतार एयरवेजको क्यू आर ६५२ जहाजमा नेपाल आएका बागलुङका अरु दुईजना नेपालीको कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुलाई धौलागिरि अंचल अस्पतालले उपचार गरिरहेको छ । गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित ठीक भएर घर फर्किसकेका छन ।