पैसा फालेर भाग्ने महिलामा परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’

933
views

बैशाख, ६, गते । जनकपुरमा कोरोना भाइरसको संत्रास भएको समयमा जथाभावी लुकेर पैसा फालेर भागेकोले प्रहरीले दुईजना महिलालाई पक्राउपछि गरिएको ¥यापिड परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुर श्रोतले यसको पुष्टि गरेको छ । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट परिक्षण भइरहको जनाएको छ ।

शुक्रबार जनकपुरधामको महावीर चोकस्थित पेठीयाबजार जाने सडकमा रु १० को दर्जनौं नोटहरु फालेर भागेपछि स्थानीयले उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।

पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ । जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयको सहयोगमा दुवै महिलालाई पक्राउ गरिएको बताए ।

उनीहरुले जथाभावी धेरै ठाउँ १० रुपैयाँको नोट छरेको स्थानीयको भनाई छ । रुपैयाँ किन फालेको भनि सोध्दा ती महिलाहरु कुनै जवाफ नदिई फरार भएका थिए ।