अमेरिकामा कोरोना संक्रमणबाट ३९ हजारको मृत्यु

740
views

एजेन्सी, ७, वैशाख । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ । कोरोनाका कारण त्यहाँ मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

कतिपय नर्सिङ होम र वृद्धाश्रमहरुमा धेरै मानिसहरुको मृत्यु भएको भेटिएको छ । यसकारण तथ्यांक देखिएभन्दा बढी हुने अलजजिराले जनाएको छ । वृद्धहरु राख्ने घरमा धमाधम शव निकालिएको दृश्य अलजजिराले देखाएको छ ।

अमेरिकामा संक्रमित संख्या ७ लाख नाघिसकेको छ । संक्रमण बढिरहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन खुकुलो पार्न खोजेका छन् । उनको राज्यहरुलाई लकडाउनबाट मुक्त पार्ने अभिव्यक्तिको कतिपय राज्यका गभर्नरहरुले विरोध गरेका छन् । विशेषगरी न्युयोर्क र वासिङ्टनका गभर्नर ट्रम्पको आलोचक देखिएका छन् ।

ट्रम्पले कोरोना भाइरस उच्च बिन्दुमा पुगेको र अब महामारी घट्ने दाबी गरेका छन् । उनले अमेरिकामा अधिकतम ६२ हजार मानिसको मृत्यु हुने अनुमान गरेका छन् । यसअघि उनले २ लाख २० हजार मानिसको मृत्यु हुने अनुमान गरेका थिए ।