शंकरपोखरीमा चट्याङ लागेर महिलाको मृत्यु

452
views

पर्वत, ८ बैशाख । पर्वत फलेवास नगरपालिकाको वडा नं. ३ शंकरपोखरीमा चट्याङ लागेर २८ बर्षिय महिलाको मृत्यु भएको छ । आइतवार साँझ परेको चट्याङ लागेर कल्पना भुसालको मृत्यु भएको हो ।

चट्याङ लागेकी उनलाई घाइते अवस्थामा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।