बलात्कारीलाई फाँसी सजायको माग गर्दै महिलाहरु सडकमा

642
views

महोत्तरी (औरही) २९, जेठ । महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा बलत्कृत भएकी युवतीका दोषिहरुलाई कार्वाहीको माग गर्द फाँसी दिनुपर्नेे माग गर्दै महिलाहरुले सडकमा टायर बालेर महिलाहरुले प्रर्दशन गरेका छन् । गाउँ गाउँबाट छाता ओढेर आएका महिलाहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडकमा सवारी साधन र काठका मुढा तेस्र्याएर अवरुद्ध पारेका थिए । औरही बजारमा ब्युटीपालर सञ्चालन गरी साइकलमा घर फर्किने क्रममा आइतबार साँझ औरहीकै स्थानीय युवतीलाई सुनसान सडकको बीचबाटै युवाहरुको समुहले नजिकैको खेतमा लगेर सामुहिक बालात्कार गरेका थिए । बालात्कारपछि युवती बेहोस भएकी थिइन । आफुलाई युवाहरुले सामुहिक बालात्कार गरेको पीडितले प्रहरीमा बयान दिएका छन् । ल्याब रिपोट आउन बाँकी छ ।
घटनाको विरोधमा पीडित युवतीका गाउँका सयौं महिलाहरुले प्रदर्शन गर्दै बलात्कार गर्ने पीडकलाई फाँसीको सजाय दिनुपर्ने सरकारसंग माग गरेका छन् । ‘चेलीबेटीको इज्जत लुट्नेलाई फाँसीको सजाय हुनु पर्छ,’ पीडित युवतीको न्यायको लागि सडकमा प्रर्दशन गरिरहेकी ३५ बर्षीय सुनिता देवीको कुरामा मिथिला देवीले थप्नु भयो,‘हाम्रो देशमा महिलाको इज्जत लुटनेहरुलाई कडा कारवाहीको व्यवस्था छैन । सामुहिक बालात्कारीमा संलग्न सबैलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नु पर्ने स्थानीय सुरजकला सहनीले प्रहरीप्रशासनसंग माग गर्नुभयो । बलात्कारीलाई प्रहरीले समयमा पक्रिएन भने महिलाहरु आन्दोलन गर्न बाध्य हुने प्रहरीप्रशासनलाई रामवत्ति देवीले चेतावनी दिनुभयो ।
बालात्कार गरेको आरोपमा औरहीका २२ बर्षीय सुनिल साह प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताउनुभयो । ‘पीडकलाई पक्राउ गरेर कानुन अनुसार कारवाही हुन्छ,’ एसपी लम्सालले भन्नुभयो,‘प्रहरीले गर्ने काम गरिरहेको छ । सामुहिक बालात्कार भएको कुरा पीडितले हामीलाई मौखिक बयान दिएका छन् । स्वास्थ्य चेकजाँचको रिपोट आउँन बाँकी छ । आरोपीहरुलाई पक्राउ गर्न प्रहरी खटाएका छौं ।’ स्थानीयले ती युवकलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका थिए । बलत्कारीलकाई कार्वाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरहीले औरही बजार दिनभर बन्द गराएका छन् । दोषीलाई कडा कारवाहीको माग गर्दै बजार र सडक बन्द गरिएको उद्योग वाणिज्य संघ औरहीका अध्यक्ष राजकिशोर चौधरीले बताउनुभयो ।