लकडाउन उल्लङ्घन गर्नेलाई भाटे कार्वाही

815
views

निर्मल पौडेल
पर्वत, १०, बैशाख । पर्वतमा लकडाउन उल्लङ्घन गर्दै हिँडिरहेका २६ जनालाई प्रहरी नियन्त्रणमा लिएर कार्वाही गरेको छ । देशभर लकडाउन भैरेहेको वेलामा जिल्ला प्रशासन कार्यलय पर्वतले कसैलाई वाहिर ननिस्कन आग्रह गरिरहँदा मर्निङवाकमा निस्केका २६ जनालाई कुस्माको दुर्लुङ चोकवाट प्रकाउ गरेको हो ।

सदरमुकाम कुस्मा वजारवाट दुर्लुङचोक हुँदै गोदामतिर मर्निङवाकमा हिँडिरहेकाहरुलाई नियन्त्रणमा लिएको पर्वत प्रहरीले वताएको छ ।नियन्त्रणमा लिएका सवैजना लाई सडकमै सामाजिक दुरी कायम गर्दै आधाघण्टा उभ्याएर सम्झाई वुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक स्यामु अर्यालले जानकारी दिए ।

प्रशासन पर्वतले कोरोना भाईरस फैलन सक्ने जोखिमका कारण विशेषगरी वजार क्षेत्रमा वसोवास गर्दै आएका आम नागरिकहरुलाई मर्निङवाक र इभिनिङवाकमा समेत नजान आग्रह गर्दै सुचना जारी गरेको भएपनी अटेर गरी सडकमा हिँडिरहेकाहरु लाई नियन्त्रणमा लिईएको प्रहरीले वताएको छ ।

प्रशासनले लकडाउन कायम रहेको अवस्थासम्म हुलहुज्ज्त नगर्न,अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन तथा निस्किहाल्नुपर्ने वाध्यता आए सामाजिक दुरी कायम गर्न तथा मर्निङवाक तथा इभिनिङवाकमा ननिस्कने अगायतका निर्देशन दिँदै आएपनी नागरिकले त्यसलाई अटेर गरेकोले प्रहरी कडा रुपमा प्रस्तुत भएको हो ।

यस्तै जानकारी हुँदाहुँदै पनि विनाकाम लकडाउनको अवज्ञा गरी हिड्नेलाई भाटे कार्वाही गर्ने प्रहरीले चेतावनी दिएको छ । जिल्ला प्रशासनले पनि वजारका मुख्य आवतजावत हुने ठाउँहरुमा उच्च निगरानी राखेको छ ।