पोखरा महानगर ३० मा विपद व्यवस्थापन कोष स्थापना

622
views

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयमा वडाध्यक्ष श्रीराम पोख्रेलको संयोजनमा बसेको बैठकले वडामा बस्ने नागरिकहरुको हितलाई ध्यानमा राख्दै बिपद ब्यबस्थापन तथा सहयोग कोषको स्थापना गरेको छ ।

कोषलाई पारदर्शी बनाउनको लागि आर्थिक परिचालन समितिको पनि गठन गरेको छ । समितिमा नेकपा ३० का अध्यक्ष कृष्ण अधिकारी, नेपाली काँग्रेस ३० का सभापती निरलाल तझ्याको संयुक्त अध्यक्षतामा समिति निर्माण भएको हो ।

दुई अध्यक्षमध्ये कुनै एकको हस्ताक्षर तथा वडा सचिव दुर्गा न्यौपानेको अनिवार्य हस्ताक्षर हुनेगरी बैंक खाता सञ्चालन हुनेछ । ११ सदस्य रहेको समितिमा लेखनाथ उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष राजेन्द्र ओझा, लायन्स क्लब अफ ताल नगरीका अध्यक्ष केशब तिवारी, कृषि सन्जालका अध्यक्ष दयाराम तिवारी, गौतम ऋषि सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शिशुवा सिआरभिका प्रमुख, गगनगौडा शाखाका प्रहरी प्रमुख, मिडियाकर्मी शिवराज सुबेदी लगायत सदस्य रहेका छन् ।

सहयोगीदाताहरुले दिएको रकमलाई जानकारी दिन र अन्य सुचना प्रवाहको लागि अविनास बास्तोलालाई फेसबुक सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ भने सहजीकरण र सल्लाहको लागि भुगोल अनुसार २५ जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समिति गठन प्रकृयामा विभिन्न आमासमुह, टोलविकास संस्था, युवा क्लब र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । समितिले अर्थ संकलनको लागि ब्यक्तिगत, संस्थागत र बिभन्न सामाजिक ब्याक्तित्वहरुलाइ अनुरोध गर्नेछ। कोषमा जम्मा भएको रकम पोखरा ३० मा भैपरी आउने बिपद ब्यवस्थापनको लागि खर्च गरिने कुरा समितिका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए ।