कोरोना संक्रमितको संख्या ४५ पुग्यो

538
views

काठमाडौं, १०, वैशाख । नेपालमा कोरोना भाइरसका तीनजना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनजनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ३ जना थपिएको जानकारी दिएका हुन् ।