राजपा र समाजवादी पार्टीबीच एकता

490
views

काठमाडौं, ११, बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ । पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने र चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्ने छाता राख्ने सहमति समेत भएको छ ।

राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति (पत्रमा हस्ताक्षर गरेका छन् ।

राजपा र समाजवादी एकतापछि उनीहरुको संघीय संसदमा उनीहरुको संख्या ३४ पुगेको छ । यसअघि राजपा र समाजवादीमा १७ १७ सांसद थिए ।