विपदव्यवस्थापन कोषमा पाचँलाख बढी सहयोग

1137
views

पर्वत, ११, बैशाख । कोरोना भाइरस (COVID-19) को महामारी नियन्त्रण, रोकथाम र संक्रमण फैलिननदिन सरकारले लागु गरेको लकडाउनको पूर्णपालनागर्दै गैरसरकारी संस्थाहरुले नियमितगर्दै आएका सामुदायिक विकास कार्यक्रम स्थगित गरी विपद व्यवस्थापनमा सरकारसंग समन्वय र सहकार्य गर्दै आएका छन ।

लकडाउनका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने असहायका लागि भोकै वस्न नपरोस भनि स्थानीय सरकारले विपद व्यवस्थापन कोषमा सहयोग गर्न आवहन गरे अनुसार गुड नेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा सोडेक नेपाल र एनसीसीडिसी नेपालले संचालन गरेको सामुदायीक विकास आयोजनामार्फत कुस्मानगरपालिका, फलेवास नगरपालिका र मोदीगाउँपालिका गरी एकलाख ८२ हजारको दरले पाँचलाख छयालिस हजार सहयोग गरेका छन ।

सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाका अनुसार सरकारले अगाडी सारेको राहात वितरणमा एकद्धार प्रणालीलाई संस्थागत गर्दै लकडाउनका कारण भोकै वस्नु पर्ने समस्यालाई समाधान गर्न स्थानीय सरकारलाई सहयोग गरिएको हो ।

आफू पनि वचौं अरुलाई पनि वचाऔं, सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गरौं, सामाजिक दुरी कायम गरौं, सवैमा धैर्य रहन, आफु र आफ्नो परिवारको स्वास्थ्यमाख्याल गर्न सवै नागरिकहरुमा अनुरोध गर्दै तीनै तहको सरकारसंग समन्वय, सहकार्य र साझेदारी रहको पनि सोडेक नेपालले जनाएको छ ।

पर्वत जिल्लामा गुणस्तरीय शिक्षा, जिविकोपार्जनका लागि आयआर्जन, विपद व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई र वालसंरक्षणको क्षेत्रमा कार्य गर्दै आएको संस्थाले नगरवासीहरुलाई असहज भएको अवस्थामा सरकारको कानून तथा मापदण्डमा आधारित रहेर स्थानीय सरकारसंग साझेदारी गरेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

ज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई सहयोग पुग्ने गरी शुरुवातगरिएको विपतव्यवस्थापन कोषमानगरको मापदण्ड अनुसार खर्च गर्ने गरी साझेदारी गरेकोमा कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले लक्षित समुदायमा खर्च गर्ने प्रतिवद्धता सहित सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरे ।

गाउँपालिकाको समन्वयमा परियोजना मार्फत विद्यालय भवन निर्माण, सहकारी भवन, गाउँघर क्लिनिक भवन, प्रविधिमैत्री शिक्षा र विपन्नका लागि आयआर्जनका कार्यक्रम संचालन गर्दै आएकोमा पुन गाउँपालिकामा कोरोना भाइरसको नियन्त्रण र रोकथामको अभियानमा संस्थाले गरेको सहयोगमा मोदीगाउँपालिकाका अध्यक्ष प्रेमशर्मा पौडेलले खुसि व्यक्त गरे ।

पर्वत जिल्लामा गुणस्तरीय शिक्षा, जिविकोपार्जनका लागि आयआर्जन, विपद व्यवस्थापन, स्वास्थ्य तथा सरसफाई र वाल संरक्षणको क्षेत्रमा गुड नेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा सोडेक नेपाल र एनसिसीडिसीले कार्य गर्दै आएको जिल्ला संयोजक टुपेन्द्र खुलालले जानकारी दिए ।