हावाहुरी र असिनासहित बर्षाको सम्भावना

864
views

काठमाडौं, १९, बैशाख । देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाकाखाका अनुसार मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

पश्चिम नेपालका पाहाडी क्षेत्रमासमेत मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ । शुक्रबार विहानैदेखि देशभरको मौसममा बदली आएका कारण दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।