वडाध्यक्षमाथि गोली प्रहार, एकजना पक्राउ

520
views

कपिलवस्तु, १९, बैशाख । कपिलवस्तु यशोधरा वडा नं ८ का वडाध्यक्ष साबुद्धिन मुसलमानमाथि गोली प्रहार भएको छ । गोली प्रहार भएपनि वडाध्यक्ष मुसलमानलाई भने गोली नलागेको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने २५ वर्षीय महोम्मद हुसेन मुसलमान पक्राउन परेका छन् भने अर्का एक जना फरार रहेका छन् । फरार रहेकाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।