साढे ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

509
views

बैशाख १९ गते । काठमाण्डौं बसोवास गर्ने म्याग्देलीहरुले साढे तिनलाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन तिनलाख पचास हजार रुपैयाँ बराबरका स्वास्थ्य सामग्री शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

काठमाडौमा वस्नुहुने डा. ज्योती शेरचनको पहलमा प्रताप पुर्जा पुन, उमबहादुर पाइजा, राजु शेरपुर्जा र बमबहादुर चोचाङ्गीको संयोजनमा काठमाडौमा रहेका म्याग्देलीहरुबाट सहयोग संकलन गरेर स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

विभिन्न पेशा व्यवसायका शिलशिलामा काठमाण्डौंमा वसोबास गर्नुहुने म्याग्देलीहरुले स्वतस्फुर्त रुपमा रकम जुटाएर खरिद गरिएका स्वास्थ्य सामग्रीहरु शुक्रवार जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेका हुन । प्राप्त भएका सामग्रीहरु जिल्ला प्रशासन कार्यालयले जिल्लाका सवै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गर्ने छ ।

स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री, स्यानिटाइजर, सर्जिकल माक्स, एन ९५ मास्क र ग्लोब्स उपलब्ध गराइएको प्रताप पुनले जानकारी दिनुभयो । बेनी अस्पताल,दरवाङ स्वास्थ्य केन्द्र,जिल्ला प्रशासन कार्यालय र ६ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा सामग्री उपलब्ध गराइने छ ।

विश्वनै कोरोना सँग लडिरहेको अवस्थामा हाम्रो मुलुक पनि कोरोना सँग लडिरहेको समयमा सरकारलाई सहयोग गर्नु नागरिक दायित्व भएकाले आफूहरुले सहयोग गरेको राजु शेरपुर्जाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले कोरोना रोकथामका लागि प्राप्त भएका स्वास्थ्य सामग्रीहरुले सहयोग मिल्ने बताउनुभयो ।

जिल्लामा नागरिकस्तरबाट पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्रीहरु ठूलो मात्रामा प्राप्त भएको बताउनुभयो । महामारीको समयमा नागरिक स्तरबाट मिलेको साथ र सहयोग उदाहरणीय भएको उहाँले बताउनुभयो । शिव आचार्य