कोरोनाका कारण दुईलाख ४४ हजारबढीको मृत्यु

655
views

काठमाडौं, २१, बैशाख । चीनको बुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट आईतबार विहानसम्म विश्वभर दुईलाख ४४ हजार बढीको मृत्यु भइसकेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ४४ हजार ५ सय ९६ नाघेको छ ।

त्यस्तै, ३४ लाख ७९ हजार आठ सय ७५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ११ लाख आठ हजार ६५ जना कोरोना संक्रमित निको भइसकेका छन् ।