नियमित प्रशिक्षणमा फर्किदै स्पेनीस फुटबल टोली

549
views

एजेन्सी । स्पेनमा लकडाउन केही खुकुलो हुने भएसँगै स्पेनीस फुटबल टोलीहरु नियमित प्रशिक्षणमा फर्कने भएका छन् ।

ला लिगाको उपाधि दावेदार टोली रियाल म्याड्रिडले अर्काे साताबाट टोलीको प्रशिक्षण थाल्ने भएको छ । रियालले सामाजिक दुरी कायम गरी ११ मेबाट प्रशिक्षण थाल्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको कारण स्पेनिस ला–लिगासहित विश्वभरका खेलकुद गतिविधि मार्च पहिलो साताबाट स्थगित छन् ।

फ्रेन्च लिग वान रद्द गर्दै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिएको छ ।

नेदरल्याण्ड्समा डच लिग रद्द गरिएको छ भने जर्मन बुन्डेस लिगा र इंग्लिस प्रिमियर लिगका केही क्लबहरुले प्रशिक्षण थालिसकेका छन् ।