संसदवाद र दक्षिणपन्थी अवसरवादको खतराबाट जोगिएको निष्कर्ष

674
views

पोखरा, ३०, जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) तमुवानले पहिलो चरणमा सम्पन्न निर्वाचनको समिक्षा गरेको छ । क्रान्तिकारी माओवादीको तमुवान राज्य कार्यलय स्तरीय चुनावी समिक्षा बैठकले सुधारवाद, संसदवाद र दक्षिणपन्थी अवसरवादको खतराबाट राज्य पार्टीको मुख्य पंक्तिलाई जोगाउन सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ ।
पहिलो चरणको चुनावमा दक्षिणपन्थी अवसरवादको भण्डाफोर भएकोले संगठन निर्माणको लागि प्रयाप्त आधार निर्माण हुँदै गएको समेत सो पार्टीको निष्कर्ष रहेको छ । उक्त पार्टीले राज्य पार्टीकै पहलमा पार्टी पंक्तिलाई विचार निर्माण, संगठन निर्माण र आन्दोलनको आर्थिक कोष निर्माणको क्षेत्रमा ठोस र मुर्त योजना बनाई योजनाबद्ध ढंगले परिचालन गर्नुपर्ने परिस्थिति पैदा भएको पार्टीले जनाएको छ । क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचनमा पार्टी नीति बिपरित क्रियाकलापमा संलग्न भइ समस्याग्रस्त भएका कार्यकर्ताहरुलाई पार्टीको बिधान अनुसार शुद्धीकरणको विधि प्रयोग गरि रूपान्तरणको नयाँ र जटिल अवस्थामा पुर्याउनुपर्ने निर्णय गरेको छ ।
क्रान्तिकारी माओवादीले ईमान्दार वैचारीक स्तर उकासिन नसकेको पंक्तिलाई पार्टी स्कुल संचालन गरि बैचारिक स्तर उकास्न ठोस योजनाको तय गरिएको नेकपा क्रानितकारी माओवादीका केन्द्रिय सदस्य एवं युवा नेता नारायाण अधिकारीले जानकारी दिनुभएको छ ।