जेठ ५ गतेसम्म लकडाउन थप गर्ने सरकारको निर्णय

555
views

काठमाडौं, २४, बैशाख । सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ । सरकारले पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिदै छ । संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै मंगलबार बसेको कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सुझाव दिएको थियो ।

सरकारले पहिलोपटक चैत ११ देखि १८, दोस्रोपटक एक हप्ता थपेर २५ चैत, तेस्रोपटक वैशाख त्यसैगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।