रुढीबादी परम्परा तोड्दै महिला मलामी

1328
views

जितेन्द्र थापा
दैलेख, २४, बैशाख । हाम्रो समाजमा मान्छे मर्दा पुरुष मलामी जान्छन्, महिला मलामी जान हुँदैन भन्ने पितृसतात्मक सोंच अहिलेसम्म छ मिम बुढाले पहिलोपटक मलामी भएर घाट गएको सुनाईन् । यो रुढीबादी सोंच हो, ७९ बर्षिय हजुरआमाको मलामी गएकी उनले भनिन् ‘ आईमाई मान्छे चुल्हो, चौको र लिपपोतमा मात्रै होईन मान्छे मर्दा मलामी र आवश्यक पर्दा हलो जोत्न पनि सक्षम हुनुपर्दछ ।’

मंगलबार दैलेखको ठाटिकाँध गाउँपालिका–२ कि ७९ बर्षियएक वृद्धको निधनपछि यहाँका महिलाहरु अन्तिम दाहसंस्कार गर्न घाट पुगेका थिए ।

पितृसतात्मक सोंचको बदलाव समाज परिवर्तनको धारणा महिलाहरुबाट सुरुवात गर्नुपर्दछ, केहीबर्ष अगाडी आर्यघाटमा शव जलाउँदा समेत महिलाले हेर्न नपाउने अवस्था थियो अहिले मलामी जान थालेका छन् ठाँटिकाध गाउँपालिका–२ का अनाम थापाले सुनाए ।

उनले भने ‘बिस्तारै बिस्तारै हाम्रो समाज परिवर्तन हुदैछ पृतिसतात्मक सोंच हट्दै गएको छ, यस्तो रुढीवादी सोंचलाइ जरैबाट उखेल्न पनि महिलाहरु मलामी जानुपर्दछ ।’

मान्छे मर्दा महिलाहरु मलामी जान पाउँछन भनेर गरुड पुराणमै उल्लेख भएको ब्राह्मण चेतन प्रसाद रेग्मिले सुनाए । उनले भने ‘महिलाहरुको आत्म कमजोर हुने भएकाले श्रीमान श्रीमती, आमाबुबा, आफन्त मर्दा भावमा आएर आत्महत्या गर्नसक्छन भन्ने सोंचेर महिलाहरु मलामी जान नहुनु भनिएको हो ।’

शवयात्रामा सहभागी शितला थापाले पनि रुढीवादी परम्परागत सोंचको खिल्ली उडाउँदै भनिन्, ‘पुरुष जाती विदेशीदै छन्, मान्छे मर्दा मलामी र खेतीपाती गर्दा जोतखन गर्ने पुरुषको अभाव अब महिलाले नथेग्ने हो भने शव घरमा र हलो गोठमै थन्क्याउने ?’

थापाले देश चलाउने हिम्मत महिलाहरुमा पनि छ भन्ने महिला राष्ट्रपति, युद्वमा महिला कौशल र न्यायिक क्षेत्रको सर्वोच्च निकायमा महिला न्यायाधीशको क्षमताले देखाएको छ, ठूलीआमाको मलामी बनेर घाटसम्म आएर अन्तिम श्रद्धाञ्जली दिन पाउँदा पितृसतात्मक सोंचलाई तिलाञ्जली दिएको अनुभूति भएको छ ।