लकडाउनपछि १७ जना पोजेटिभ थपिए, संक्रमितको संख्या ९९ पुग्यो

833
views

सीताराम थापा
बैशाख, २४, गते । नेपालको पर्सामा लकडाउनपछि एकैदिन १७ जना कोरना भाईरस संक्रमण देखिएको छ । यसरी मुलुकभर कोरोना भाइरसका संक्रमितको संखया ९९ पुगेको छ । पर्सा जिल्लाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ आउनेहरुमा दुई महिनाको शिशुदेखि ६६ वर्षसम्मको उमेर समूहका पर्साका १७ जना रहेका छन। संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ । कुल संक्रमितमध्ये  ७१ जना पुरुष र २८ जना महिला रहेका छन् ।

प्रदेश १ मा ३१, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

बुधबार कोरोना संक्रमण पुष्टि भएका पर्साका १७ जना आफन्ती रहेको पाइएको छ। उनीहरु २१ गते संक्रमण भेटिएका पुरुषका परिवारकै सदस्यहरु रहेको प्रहरीले जनाएको छ। सरसफाइको काम गर्ने ती पुरुषमा बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा संक्रमण देखिएपछि उनका परिवार र आफन्त गरी ३२ जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेलैमा परिक्षण गरिएको भए नियन्त्रण प्रभाकारी हुने तर स्वास्थ्य उपकरणको अभाबले समयमै परिक्षणहरु स्थगित भएको छ ।