सशस्त्रको चेकपोस्टमा भारतीयको ढुङ्गामुढा

948
views

काठमाडौं, २५, बैशआख । नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ । बाराको कबहीगोठमा नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजका थिए ।

बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई नेपाल प्रवेशमा रोकेपछि उनीहरुले सीमानामा रहेको सशस्त्रको चेकपोस्टमा ढुंगामुढा गरेको बाराका सशस्त्र प्रहरी प्रमुख एसपी दिगविजय सुवेदीले बताए ।

ढुंगामुढा गर्ने भारतीयलार्य नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ‘सशस्त्र प्रहरी प्रमुख एसपी सुवेदीले भने नेपाल प्रवेशमा रोक लगाएपछि चेकपोस्टमै आक्रमण गर्न थाले, स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरको विकल्प रहेन ।’

घटनास्थलमा अहिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरीले उनीहरुलाई सम्झाइ–बुझाइ गरेर फर्काउने प्रयास गरिरहेका छन् । अहिले भारतीय पक्षलाई एसएसबी र नेपाली पक्षलाई सशस्त्र प्रहरीले सम्झाई रहेको एसपी सुवेदीले बताए ।