दिर्घरोगीको औषधी घरघर पुर्याउँदै जनप्रतिनिधी

433
views

गिता राना मगर
पोखरा, २५, बैशाख । पोखरा महानगरपालिकाको वडा नम्बर २० ले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने दिर्घ रोगीहरुलाई निशुल्क औषधी वितरण गरेको छ । कोरोना संक्रमणको कारण सरकारले कलडाउनको अवधि लम्ब्याउदै गएपछि वडाले आफ्नो वडाभित्रका नियमित औषधी सेवन गर्नुपर्ने दीर्घरोगीहरु (उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मानसिक समस्या, दम तथा थाइराइड) का औषधी खाइरहेका ४ सय ३० जना विरामीको घर घरमा पुगेर औषधी वितरण गरेको हो ।

वडाले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटमा केही बजेट थपी कुल २ लाख ५० हजार खर्चेर उनीहरुलाई घर घरमा पुगी औषधी वितरण गरेको हो । लकडाउनका कारण विकट ग्रामीण भेगमा बसोबास गर्ने विरामीहरु पोखरा आउन समस्या झेल्नुपर्ने कथंकदाचित पोखरा आइहालेपनि नियमित औषधी लिइरहेको ठाउमा औषधी नपाउने समस्या उत्पन्न हुने अवस्था आएपछि वडा अध्यक्ष सिम बहादुर गुरुङको पहलमा वडाले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटबाट लक्षित वर्गका मानिसहरुलाई औषधी वितरण गरेको हो ।

ग्रामीण बस्ती रहेको वडा नम्बर २० मा लकडाउनको समयमा सवारी साधन नचल्दा मानिसहरु हिडेर पोखरा आउन लामो समय लाग्ने भएपछि वडाले उनीहरुले झेलेको समस्यालाई केही हदमा समाधान गर्ने उद्देश्य लिएर निशुल्क रुपमा एक महिनाको औषधी वितरण गरेको हो । ४४ दिन सम्म लकडाउन जारी रहदा केही ब्याक्तिहरुले विचमा पोखरा झरेर औषधी लगेको भएतापनि अधिकांशलाई भने त्यो सम्भव नभएको स्थानियहरु वताउछन । स्थानियहरु वडा अध्यक्ष सीम गुरुङ स्वयंले स्वास्थ्यकर्मी सहित आफुहरुले नियमित सेवन गरेको औषधी घरमै पुर्याइदिएपछि निकै खुसी देखिन्थे ।

आफुले लामो समयदेखी औषधी खादै आएको र पछिल्लो पटक लकडाउनका कारण पोखरा जान गाह्रो परिरहदा वडाले आफुहरुलाई लक्षित गरी औषधी घरमै ल्याइदिएकोमा पोखरा महानगरपालिका वडा नम्बर २० नेपाली कांग्रेसका सभापति तिल बहादुर गुरुङले खुसी ब्यक्त गर्दै वडा र वडा अध्यक्ष प्रति आभार प्रकट गरे । तिल वहादुर गुरुङ जस्तै साविकको मौजा गाविसममा सय भन्दा वढी स्थानियहरु लाई निशुल्क औषधी वितरण गरिएको थियो ।

मौजा गाउँका नियमित औषधी सेवनकर्ता हरिप्रसाद गुरुङले लकडाउनको समयमा हिड्न नसक्ने अशक्त बृद्धबृद्धाहरुलाई वडाले घरघरमै ल्याएर औषधी वितरण गरेर आफ्नो जनतालाई विशेष सुविधा दिएको वताए । यसअघिपनि वडाले विपन्न वर्गहरुलाई लक्षित गरी राहत वितरण गरेको र वडा अध्यक्ष स्वयंले आफ्नो खर्चमा समेत राहत वितरण गरेर वडावासीलाई ठूलो राहत प्रदान गरेको वताए । गुरुङ जस्तै अन्य स्थानियहरुको समेत भनाइ र भोगाइ एउटै देखिन्थ्यो ।

त्यस्तै महेन्द्र मावि भलामका पूर्व प्रध्यानाध्यापक रेवती विलास पौडेलले पोखरा महानगर वडा नम्बर २० ले दीर्घ रोगीहरु जसले नियमित औषधी सेवन गर्नेहरुका लागी वडाले घर घरमा औषधी पुर्याउदै गर्दा वल्ला सिंहदरबार घरघरमा आइपुगेको महशुस जनताले गरेको वताउदै आगामी दिनमा पनि जनताले प्रत्यक्ष महशुस गर्नेगरी स्थानिय तहले काम गर्नुपर्नेमा जोड दिए ।साविकको मौजा गाविस र भलाम गाविस मिलेर बनेको वडा नम्बर २० मा ४ सय ३० जना निरन्तर औषधी सेवन गर्नेहरुलाई निशुल्क औषधी वितरण गरिएको र आगामी दिनमा पनि छुटपुटमा परेकाहरुको समेत लागत निकाली पुन औषधी घरघरमा पुर्याउने वडा नम्बर २० का वडा सदस्य भीम प्रसाद बास्तोलाले वताए । आफुहरु वडाबासीको सेवाका लागीनै जनप्रतिनिधी बनेर आएको र कोही कसैलाई नछुटाइकन वडाबाट प्रदान गरिने हरेक सेवा प्रदान गर्न आफु तयार रहेको बास्तोलाको भनाइ रहेको थियो ।

वडाबासीले औषधी अभावमा पिडा भोग्न नपरोस भन्ने उद्देश्यले वडाले पछिल्लो समय दीर्घरोगीहरुलाई औषधी वितरण गरिरहदा वडामा रहेको दीर्घरोगीहरु जो नियमित औषधी सेवन गर्छन उनीहरुको पहिचान र तथ्यांक समेत प्राप्त भउकाले आगामी दिनमा दीर्घरोग ब्यवस्थापन सम्बन्धमा नीति तथा कार्यक्रमहरु निर्माण गर्न सहयोग पुग्ने वडा अध्यक्ष सिम बहादुर गुरुङले वताए ।

वडाले मात्र नभइ वडा अध्यक्ष गुरुङ स्वयंले आफुले पाउने सरकारी सेवा सुविधाको रकमबाट यसअघि दैनिक ज्याला मजदुरी र अति विपन्न १ सय २६ परिवारलाई निशुल्क खाद्यान्न सामाग्री समेत वितरण गरिसकेका छन । पोखरा महानगरमा एकमात्र वडा अध्यक्ष हुन जसले सरकारी सेवा सुविधाबाट प्राप्त सम्पूर्ण रकम आफ्नो वडामै सामाजिक क्षेत्रमा खर्चिदै आएका छन ।