प्रमुख प्रतिपक्षी दल एमालेलेद्वारा राजपाका नामबाट भएका अराजनीतिक गतिविधिको निन्दा

612
views

प्रमुख प्रतिपक्षी दल एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको मंगलबार बसेको बैठकले राजपाका नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि प्रति आपत्ति जनाएको छ । बैठकले एमाले, कांगे्रस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुका विरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्र्सना गरेको हो । एमालेले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान समेत गरेको छ । सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्न र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गर्न एमालेले राजपालाई आब्हान गरेको हो ।
बैठकले ‘यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको छ’ बैठकपछि सचिव योगेश भटटराईले जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा भनिएको छ । महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड समेत दिएको छ ।