अपो दिपो भवः बुद्वको विचार जीवन व्यवहारमा लागू गर्न सक्छौ ?

1001
views

–सीताराम थापा
अपो दिपो भवः आफ्नो बत्ती आफै बन । अरुलाई जलाउन पहिले आफु जल्नुपर्छ भन्ने मान्यता बोकेको बुद्वको दर्शन बिचार महान छ । तर जीवन व्यवहारमा लागू गर्ने देशका नेता एवं अगुवा खासै कोहि छैनन । नेतृत्व मार्गदर्शक हुनुपर्छ । बुद्वले शान्ति, माया प्रेम र सम्मानलार्ई लोकतान्त्रिक मूल्य र जीवनसँग आत्मासाथ गरे । तर यसकाबारे पढ्ने र अनुयायी बन्ने खासै यतिबेला नेपालमा कोहि देखिएन । बुद्व भगवान र मुर्ति मान्दैनथे । यसैले उनी प्राकृतिक भौतिकवादी भएको पनि अध्ययनमा पाईन्छ । यसैले बुद्वबारे खोजी आजको आवश्यकता हो । बुद्व बिश्वमा एउटा धार्मिक प्रवर्तक पनि हुन भन्ने हामीलाई लाग्छ । बुद्धको जन्म इशापुर्व ५६३ मा बैशाख पूर्णिमाको दिन लुम्बिनी भन्ने ठाउँमा भएको थियो । त्यतिबेला नेपाल नै थियो थिएन तर यतिबेला नेपालको कपिलवस्तु भएको मान्न सकिन्छ ।

बुद्व भगवान र मुर्ति मान्दैनथे । यसैले उनी प्राकृतिक भौतिकवादी भएको पनि अध्ययनमा पाईन्छ ।

बिश्वको इतिहासमा यस्ता बुद्वबारे धेरै अध्ययन भएको छ । मानिसहरुले सामाजिक राजनीतिक परिवर्तनको आन्दोलनलाई राज्यसत्ता प्राप्तिको आन्दोनलसम्म जोडेका छन । बुद्धले ब्यक्ति अहंकार सम्पति र राजपाठ छोडेर सामाजिक परिवर्तनको आन्दोलन चलाएर सदियौंदेखि चल्दै आएको बर्ण ब्यवस्थामा आधारित सामाजिक संरचना र जातिपातिको ब्यबस्थालाई ठूलो चूनौति दिएको पाईन्छ । बुद्वको धेरै दर्शन शान्तिप्रय र सद्वभाववुर्ण छन । उनले सादा जीवन उच्च बिचार ग्रहन गरेर सबैलाई यो बाटो हिड्न सिकाए । आज काटमार गरेर । अहिंसा गरेर सत्ता हत्याउने र आफ्ना स्वार्थ सिद्द गर्ने विश्व जगतलाई बुद्वसंग तुलना गरेर हेर्न सकिन्छ । कोरनाको कहर र बिश्वमा भएको अमानबिय व्यवहारलाई गम्भिर ढंगले एकपटक सोच्न सकिन्छ । बुद्वले समयमा समाजमा असमानता तोडेर स्वतन्त्रताको प्रगतीशिल लोकतान्त्रिक योगदान दिएका थिए । यसबाट हाम्रो नेता नेतृत्वले सिक्न जरुरी छ । बुद्धले के प्रष्ट पारेका छन कि सत्यको कसीमा घोटेपछि नै के हो र होइन भनेर ग्रहन गर्नुपर्दछ । तर यहाँ आफ्नो र स्वार्थलाई सत्य मान्ने प्रणाली संस्कारकै रुपमा विकास भयो । बुद्वलाई क्रान्तिकारीहरुको बिरोधाभास भनेको अहिंसा र युद्व नै हो । यो समय सापेक्ष कुरा हो भनेर विश्लेषण गर्नु पर्दछ ।

बुद्वलाई क्रान्तिकारीहरुको बिरोधाभास भनेको अहिंसा र युद्व नै हो ।

सही अर्थमा त्यो मानिस बिजेता हुन्छ जसले स्वयंमाथि बिजय प्राप्त गर्दछ । तर नेपाल, भारत लगायत बिभिन्न देशहरुमा कुटील शासकहरुले बुद्धको अहिंसावादी सन्देशलाई समय समयमा उपहास गर्ने प्रयास गरेका छन । बुद्धलाई कर्मकाण्डको रुपमा चलाउने काम गरे तर उनका बिचार लागू गरेनन् । बुद्धका साश्वत कुरालाई विकृत तुल्याए र जनताको शक्ति बन्न सक्ने बुद्ध बिचारलाई राजामहाराजा र शासक वर्गको सत्ता रक्षाको रुपमा दुरुपयोग गरे । जनतालाई बुद्ध बुझ्नै दिएनन् र अहिलेसम्मपनि दिएका छैनन् । बुद्धलाई सही अर्थमा बोध गर्नु आवश्यक छ । उतिबेला बुद्ध सभाहरु कसरी चल्दथे भन्ने बारेमा ‘डिस्कभरी अफ इण्डिया’ पुस्तकमा पण्डित नेहरुले लेखेका छन् — ‘धेरैलाई यो कुरा थाहा पाएर आश्चर्य लाग्ला कि आजको दुई हजार बर्षभन्दा पनि पहिला आजको संसद जस्तै नै बुद्ध सभा हुने गर्दथे । लोक सभाका सभामुख जस्तै बौद्ध सभाहरुमा पनि सभामुख हुने गर्दथे । बौद्ध सभाका सदस्यले सदनमा बिधेयक प्रस्तुत गर्दथे, अनि त्यसमा छलफल हुन्थ्यो । त्यसलाई कानूनी रुप दिनभन्दा पहिला त्यसलाई तीनपटक पढ्ने गरिन्थ्यो र त्यसमाथि तीन पटकसम्म बहस गर्ने प्रचलन थियो । त्यसो गर्दा पनि बिधेयकमा कुनै बिबाद रहेमा गोप्य मतदानद्वारा त्यसको हल गरिन्थ्यो र अनि मात्र त्यसले कानुनी रुप लिन्थ्यो ।’ यो राजनीतिज्ञहरुका लागि यो कम महत्वको कुरा होइन । यसले बुद्धले आफुलाई कहिल्यै पनि कुनै भगवानको अबतारको रुपमा मानेनन् । यद्यपि अवतारवादीहरुले उनलाई बिष्णुको अवतार भनेर पुर्वाग्रहि बनाईदिए । तर पनि उनीहरुले बिष्णुसरह बुद्धको पूजा आराधना भने गर्ने गर्दैनन् । बुद्वको सामाजिक, रुपान्तरण र मानवजीवन परिवर्तन र सुख प्राप्ति बारे अझै पनि खोज अनुसन्धान भई रहेछ । हामी सचेत नागरिक पनि बिश्वले मानेको बुद्वको असल कुरालाई अध्ययन गरौ र जीवनमा लागू गरौं । के हामी र हाम्रा अग्रजले बुद्वको किचार जीवनमा लगु गर्न सक्छौं ? अपो दिवो भब ।

लेखक अभियान्ता एवं विष्लेषक हुन ।