स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन, १०१ जनामा कोरोना संक्रमण

484
views

काठमाडौं, २६, बैशाख । नेपालमा अहिलेसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को अपडेट दैनिक गराउँदै आएको छ ।

संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइराखेको छ । सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १८ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।