डा. बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

756
views

काठमाडौं, २६, बैशाख । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले यस्तो माग गरेका हुन् । प्रधानमन्त्रीको राजीनामा नै अहिलेको राजनीतिक निकास भएको उल्लेख गर्दै भट्टराईले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

बाबुरामले प्रधानमन्त्रीले राजीनामा दिँदा विकल्पबारे चिन्ता नगर्न आग्रहसमेत गरेका छन् । तपाईंको राजनीनामा नै एउटा उचित निकास हो उनले विनम्र गर्दै भने प्रधानमन्त्रीको राजीनामाले समाज र देशलाई अगाडि बढाउन मद्वत पुग्छ । उनले पूर्वप्रधानमन्त्री अब इच्छा र आकांक्षा नराख्दा नै राम्रो हुन्छ, नयाँ पुस्तालाई अगाडि बढायौँ भने देशले निकास पाउँछ ।’

म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, उहाँले यदि साँच्चै नै आत्मनिरीक्षण र आत्माआलोचनाको प्रक्रिया सुरु गर्नुभएको हो भने उहाँले जुन गम्भिर गल्ती कमजोरी, एक हदसम्म उहाँको संलग्नता वा उहाँको निकटतमा गम्भिर लोकतन्त्रविरोधी गतिविधि र हर्कत भएको छ । कानूनविरोधी गतिविधि भएको छ । त्यसलाई एउटा तार्किक निश्कर्षमा पुर्याउनैपर्छ । त्यसलाई कुनैपनि प्रकारणले संरक्षण दिनु चाहीँ हुँदैन् । कानूनी तरिकाले हारजित गर्नपनि सकिन्छ । आश र त्रास देखाएर संस्थाहरुलाई प्रभावमा पारेर यताको कुरा उता पनि र्पान सकिन्छ । तर, राजनीतिमा नैतिकता भन्ने कुरा धेरै ठूलो कुरो हुन्छ । त्यसैले प्रधानमन्त्रीज्यूको जुन खालको उचाई हाँसिल गर्नुभएको छ, उहाँसँग मेरो विनम्र आग्रह छ, हामीले सत्तमा कति समय बस्यौं भन्ने आधारमा मान्छेले मुल्यांकन गर्दैन् । यो देशमा धेरै, ३८ जना प्रधानमन्त्री भैसके । कसलाई सम्झना गर्छ ? मान्छेले ? विपी कोइराला एकाध मान्छेलाई सम्झना गर्छ । अरु धेरैको त नाम पनि आउँदैन् । म पनि प्रधानमन्त्री भईटोपलेको मान्छे हुँ । कुर्सीमा बस्नु ठूलो कुरो होइन । महात्मा गान्धी कहिल्यै कुर्सीमा बसेनन् । तर, उनलाई मान्छेलाई जहिल्यै पनि सम्झिन्छन् ।”

भट्टराईलेअनावश्यक गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रोगले जीर्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ, त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ ।’