कोरोना संक्रमितको संख्या ४० लाख १२ हजार नाघ्यो

771
views

बैशाख, २७, गते । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख १२ हजार आठसय ५७ पुगेको छ । संक्रमणबाट दुई लाख ७६ हजार दुईसय १६ सयको मृत्यु भएको छ । यस्तै, १३ लाख ८५ हजार एक सय ८६ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ७८ हजार ६ सय १५ जनाको मृत्यु भएको छ भने १३ लाख २१ हजार ७८५ जना संक्रमित फेला परेका छन् ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय नाघेको छ । अमेरिकामा १२ लाख ९२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

संक्रमणबाट बेलायतमा ३० हजार ६ सय, इटलीमा २९ हजार ९ सय, स्पेनमा २६ हजार र फ्रान्समा २६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै भारतमा संक्रमितको संख्या ५६ हजार नाघेको छ भने १ हजार ८ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

पाकिस्तानमा संक्रमितको संख्या २६ हजार ४ सय नाघेको छ भने ५ सय ९९ जनाले ज्यान गुमाएका छन् ।