दैलेखमै बन्यो कन्ट्याक्टनेस् हेल्थवास कर्नर मेसिन

1665
views

जितेन्द्र थापा
दैलेख, २७, बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि एभरेष्ट क्लव दैलेखले हातधुने कन्ट्याक्ट नेस हेल्थवास कर्नर मेसिन बितरण गरेको छ । एभरेष्ट क्लव दैलेख र एस.एन.भि नेपालको साझेदारीमा सञ्चालित “वियोण्ड र फिनिस लाइन समावेसी र दिगो ग्रामिण खानेपानी आपूर्ति सेवा अन्तर्गत दैलेखको ठाटिकाँध गाउँपालिकाको छ वटा क्वारेन्टाइन स्थलमा सो सामान वितरण गरिएको हो ।

वडा नं १ कोे कृष्ण मा.वि.लकान्द्र, वडा नं २ दशरथ मा.वि. प्याडुल्लि, वडा नं –३ को नेपाल राष्ट्रिय आधारभुत विद्यालय, ४ को देउती मा.वि. गैरागाउँ–५ को मालिका मा.वि. ठिमुरे र वडा ६ को मालिका मा.वि. पाँचलामा हातधुने कन्ट्याक्टनेस् हेल्थवास कर्नर मेसिन राखिएको छ ।

यस्तै गाउँपालिकाको तर्फबाट दुईवटा ठाउँ प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र र भवानी मा.वि. वाहकोटमा राखिने गाउपालिकाका अध्यक्षका स्वकीय सचिव कृपाराम थापाले बताए ।

कर भ्याट सहित २५ हजार पाँचसय ८४ रुपैयाँको लागतमा दैलेखमा पहिलोपटक निर्माण गरेर दैलेखको चारवटा स्थानिय तहमा बितरण गरिने एभरेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक कमल बहादुर खड्काले जानकारी दिए ।

यो मेसिन काठमाडौंमा निर्माण गरेर कठमाडौंका विभिन्न ठाउँमा बितरण गरिएको थियो बाहिर पाईदैनथ्यो खड्काले भने ‘हामीले यहाँका व्यापारीसँग बसेर जिल्लामै बनाउने कोशिस गर्यौँ बनाउनपनि सफल भयौं ।’

उक्त मेसिन बनाउने कामम चारवटा गाउँपालिकाको २६ वटा स्थानमा पाइलटिङकै रुपमा रहेको छ, थप मेसिन बनेपछि ठाटिकाँध गाउँपालिका, गुराँस गाउँपालिका, डुङ्गेस्वर गाउँपालिका, महाबु गाउँपालिका २६ स्थानमा बितरण गरिने खड्काको भनाई छ ।

मनकामना ईन्टरप्राईजेज दैलेखले निर्माण गरेको उक्त धारा खुट्टाको सहायताले खोल्न र बन्द गरी हातधुन सकिन्छ । यसले कोरोना संक्रमणको जोखिम समेत न्युनिकरण गर्न सहज हुनेछ ।