मानसरोवर सडक : नेपाल–भारत सुगौली सन्धीको उल्लंघन–सीपी गजुरेल

1088
views

गोपाल जिसी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलले भारतीय अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्न अपिल गरेका छन् । नेपालको सीमाभित्र भारतीय सेनाले सडक बनाउँदै गरेको घटनाको विषयलाई लिएर अध्यक्ष गजुरेलले यस्तो अपिल गरेका हुन् ।

अध्यक्ष गजुरेलले आज शनिवार एक अपिल जारी गर्दै लेखेका छन् ‘भारतीय अतिक्रमणले अब सिमा नाघेको छ । भारतीय अतिक्रमणको विरोधमा जुटौं ! नेपालको सीमा भित्र भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारी सहित हामीले उक्त काम रोक्न नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गरोस् भनेर पटक पटक ध्यानाकर्षण गर्नुका साथै सडकबाट पनि माग गर्दै आएका थियौं । कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा संकट खडा गरेको मौका छोपी लिम्पियाधुरा हुँदै मान सरोवरसम्म जाने सडकको भारतीय रक्षा मन्त्रीले हिजो उद्घाटन गरेको घटना सन् १८१६ मा नेपाल र भारतका वीचमा भएको सुगौली सन्धीको उल्लंघन र नेपाली भूभाग माथिको अतिक्रमण हो ।

गजुरेलले सरकारलाई अविलम्ब कुटनीतिक पहल गरी अतिक्रमित नेपाली भूभागलाई मुक्त गर्नमाग समेत गरेका छन् । यतिखेर सम्पूर्ण राष्ट्र कोभिड १९ को महामारीसँग जुधिरहेको र लक् डाउनमा रहेको मौका छोपेर भारत सरकारले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्न हार्दिक अपिल गर्दछौं ।

अध्यक्ष गजुरेलले ओली सरकारले त्यसवारे अहिलेसम्म विरोधको एकशब्द पनि नबोलेको उल्लेख गर्दै नेपाल सरकार भारतीय कठपुतलीको सरकार भएको आरोप समेत लगाएका छन् ।

‘सरकारले भारतका अगाडि घुडा टेकोले आम नेपाली जनता अतिक्रमणका बिरुद्ध एकतावद्ध भएर संघषमा उत्रनुको विकल्प नभएको अपिलमा उल्लेख गरेका छन् ।

भारत सरकारले नेपाली पक्षसँग सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको थियो । जस्को भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेको सञ्चार माध्यमहरुले सार्वजनिक गरेका थिए ।

उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ । यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ ।