कुस्मा नगरपालिकाका सवै स्वास्थ्य चौकीमा थर्मल गन

647
views

निर्मल पौडेल
पर्वत,२८, वैशाख । कुस्मा नगरपालिका भित्रका सवै स्वास्थ्य चौकीहरुमा थर्मल गन वितरण गरिएको छ । थर्मल गनको अभावले ज्वरो आएका तथा रुघाखोकीका विरामीहरुको स्वास्थ्य जाँच गर्न कठिन भैरहेको अवस्थामा थर्मल गन उपलव्ध गराईएको हो । कुस्मा नगरपालिकाले खरिद गरेर थर्मल गन स्वास्थ्य चौकीहरुमा उपलव्ध गराईएको हो ।

पिपलटारी, कटुवाचौपारी खौला स्वास्थ्यचौकी एवं ठुलिपोखरी प्राथामिक स्वास्थ्य चौकी र शहरी स्वास्थ्य चौकी सिल्मीमा थर्मल गन वितरण गरिएको हो । यस अगाडी चुवा चुवा स्वास्थ्य चौकी लाई उपलव्ध गराईसकिएको र वाँकी स्वास्थ्य चौकीहरुमा केही दिनमा उपलव्ध गराउने कुस्मा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उमाकान्त सापकोटाले जानकारी दिए ।

स्वास्थ्य चौकीहरुमा कोरोना कोभिड १९ को संक्रमणको जोखिम हुने भएकोले नगरपालिकाले मातहतका सवै स्वास्थ्य संस्थाहरुमा थर्मल गन उपलव्ध गराएपछी स्वास्थ्यकर्मीहरु लाई सहज हुने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

गाउँमा थर्मल गन नहँुदा सामान्य ज्वरो आएका विरामीहरुको चेक जाँचमा समस्या भईरहेको अवस्थामा थर्मल गन उपलव्ध भएपछी स्वास्थ्य जाँचमा सहज हुने ठुलिपोखरी प्राथामिक स्वास्थ्य चौकीका राजन लामिछानेले वताए ।

कोरोना विपत्तीको वेलामा नगरप्रमुख रामचन्द्र जोशी,उपप्रमुख सिताकाफ्ले लामिछाने,प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी,कु.न.पा. ७ का वार्ड अध्यक्ष सुवासचन्द्र पौडेल लगायतको टोलीले विभिन्न वडाहरुमा अवस्थित स्वास्थ्य चौकीहरुको अनुगमन गरेको थियो ।