कोरोना संक्रमितको संख्या १२० पुग्यो

575
views

काठमाडौं, २९, बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १२० स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ १० जनामा कोरोना संक्रमित देखिएको पुष्टि गरेको छ । कपिलवस्तुका १० जनामा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ देखिएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपालिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।