एएफसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपाल र यमनको भिडन्त

652
views

काडमाण्डौं । सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताका लागि नेपाल यमनको बराबरीमा सकिएको छ । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा नेपाल र यमनले बराबरी अंक बाडेका हुन् ।
यमनसँगको खेलमा नेपाली टोलीमा गोलरक्षक एलन न्यौपाने, रक्षक मानबहादुर तामाङ, दिनेश राजवंशी, मिडफिल्डर सुनिल बल र स्ट्राइकर अनिल गुरुङ छन् । पछिल्लो दुई खेलमा टोलीमा नअटाएका कप्तान अनिल गुरुङ पनि यसपटक टोलीमा अटाएका छन् । अनिलका लागि यमनसँगको खेल अन्तिम हुने आकलन गरिएको छ । अनिलले राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका छन्।
टोलीमा परेका खेलाडीमध्ये गोलरक्षकमा किरणकुमार लिम्बू, विकेश कुथू र एलन न्यौपाने रक्षकमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल, हेमन्त थापामगर, रोहित चन्द र सुनिल बल, स्ट्राइकरमा भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर र अनिल गुरुङ रहेका छन्।
नेपालले एक साताअघि यमनविरुद्धको खेलको तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो। भारतसँगको खेलमा नेपाल २÷० गोलले पराजित भएको थियो । एसिया कप छनोटको समूह ‘एफ’ मा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान रहेका छन्।
नेपालले समूहगत चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो। उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४÷१ गोलले पराजित भएको थियो । नेपालले फिलिपिन्ससँग अर्को खेल आगामी नोभेम्बर १४ तारिखमा घरेलु मैदानमा खेल्ने छ ।
समूहमा समावेश प्रत्येक टोलीसँग ‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट प्रतियोगिताका शीर्ष दुई टोली सिधै एसिया कपका लागि छनोछ हुनेछन् ।