कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

830
views

कपिलवतु, २९, वैशाख । कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि सिल गर्ने निर्णय भएको हो । जिल्ला सुरक्षा समितिको वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाइएको पनि प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।