कोरोना संक्रमितको संख्या १३४ पुग्यो

1084
views

सीताराम थापा
बैशाख, २९ गते । कोरोनाको नियन्त्रणमा ध्यान नजाँदा आज १३ जना थपिएका छन । एकै दिन २४ जना भएको पहिलो समचार हो । कोरोना संक्रमितको संखया दिन प्रतिदिन थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बेलुकी थप नयाँ १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । पछिल्लो तथ्यांकमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार बर्दिया राजापुर नगरपालिका– ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।