आईबल एकेडेमीका एक शिक्षक छ दिनदेखि सम्पर्कविहिन

1392
views

पर्वत । कुश्मा नगरपालिका–९ को आईबल एकेडेमीमा पढाउँदै आएका एक शिक्षक छ दिनदेखि सम्पर्क विहिन बनेका छन् । आईवल एकेडेमीको प्राथमिक तहका विद्यार्थीलाई पढाउने कुनपा–१ साविक पाङ गाविस निवासी आईवल एकेडेमीका शिक्षक नारायण पौडेल सम्पर्कविहिन बनेका हुन ।
पौडेलका अभिभावकले सम्पर्कविहिन छोराको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । खोजीकार्यका लागि आफन्तले निवेदन दिएपछि सम्पर्कविहिन पौडेलेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिएका छन ।
आईबलमा अध्ययनरत एक विद्यार्थीलाई २८८ पटक उठवस गराएको र अर्का एक विद्यार्थीको हात सुनिने गरी यातना दिएपछि उनीसँग अभिभावकहरुको आक्रोष बढ्ला भनि केहीदिन विद्यालय नआउन पौडेललाई सल्लाह दिएको विद्यालयका प्रिन्सिपल विमल पौडेलले बताए ।
नारायण पौडेलका बाबु पदमपाणी पौडेल क्षेत्रीका अनुसार विद्यार्थीलाई यातना दिएपछि छोरा नारायणलाई अभिभावक समक्ष माफी समेत मगाईको खुल्न आएको छ । उनीसँग चिनजानका एकजना साथीसँग झापा जाने कुरा बताएकोले झापामा समेत उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
शिक्षक छ दिनदेखि सम्पर्कविहिन
पर्वत । कुश्मा नगरपालिका–९ को आईबल एकेडेमीमा पढाउँदै आएका एक शिक्षक छ दिनदेखि सम्र्पक विहिन बनेका छन् । आईवल एकेडेमीको प्राथमिक तहका विद्यार्थीलाई पढाउने कुनपा–१ साविक पाङ गाविस निवासी आईवल एकेडेमीमा पढाउने शिक्षक नारायण पौडेल सम्पर्कविहिन बनेका हुन ।
पौडेलका अभिभावकले सम्र्पकविहिन छोराको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । खोजीकार्यका लागि आफन्तले निवेदन दिएपछि सम्पर्ककविहिन पौडेलेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिएका छन ।