लकडाउनमा पनि फेवाबजारको होम डेलिभरी सेवा नियमित

877
views

पोखरा, ३०, बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन जारी रहँदापनि फेवा बजार डटकम ईकमर्सले होम डेलिभरी सेवा जारी राखेको छ ।

फेवा बजारले हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट नेपालका प्रमुख सहरहरुमा होम डेलिभरी सेवा दिइरहेको हो । आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर÷घरमै पु¥याइरहेको कम्पनीका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत क्षेत्रका कार्यालयबाटपनि चौविसै घण्टा सेवा निरन्तर दिइरहेको बताए ।

अनलाईन बजारका रुपमा सेवा दिइरहेको फेवा बजार डटकम ईकमर्सले लकडाउनको समयमा अत्यावश्यक सामग्री मास्क, सेनिटाइजर, अन्यावश्यक खाद्य सामग्रीलगायतका सामानहरु बिक्री गरिरहेको आचार्यले जानकारी दिए । होम डेलिभरीको सेवा दिइरहेको भएपनि त्यसका लागि ५ सय रुपैयाँ भन्दा बढीको कारोबार हुनुपर्ने उनले प्रष्ट्याए । फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।

यसअघी फेवाबजारले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिदै आएको थियो । त्यस्तै फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म विभिन्न अफरसमेत दिदै आएको थियो ।

फेवाबजार डटकम ईकमर्समा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । फेवाबजार डटकम ईकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।